मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी प्रभाग बलम्बुसँग गर्यो साझेदारी

  २०८० चैत ५ गते १७:३०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी प्रभाग बलम्बु सँग साझेदारी गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पहरी प्रभाग बलम्बु लाई आवश्यक पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तानतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने , अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.