ओमोडाले आयोजना गर्यो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम

  २०८० चैत ५ गते १६:०२     विकासन्युज

काठमाडौं । ओमोडा नेपालले ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ ।

गत शनिबार ओमोडा शोरुम, उत्तरढोकामा सफलतापूर्वक सम्पन्न सो कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीको भनाइ छ ।

मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । सो अवसरमा सन्दीप क्षेत्रीले हसाएका थिए भने ज्योवन भुजुको लाइभ म्युजिकले रोमान्चक बनाएको थियो ।

साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना गर्यो । अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको बताइएको छ ।

सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागि उपस्थितहरु प्रति प्रशंसा गदै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भएको थियो । अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.