नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट

  २०८० चैत ४ गते १७:५५     विकासन्युज

बनेपा । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धमा आइतबार नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार नेपाल एसबिआई मर्चेण्टले लघुवित्तको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ ।

साविक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.