सीजी इम्पेक्सले १५१ प्रतिशतसम्म लाभांश खुवाउँछ निर्वाण चौधरीलाई

  २०८० चैत ४ गते १४:४४     विकासन्युज

काठमाडौं । एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रा.लि.ले निर्माण चौधरीलाई १५१ प्रतिशतसम्म लाभांश खुवाएको छ । कम्पनीले आफ्ना सेयरधनी निर्माण चौधरी र वरुण चौधरीलाई विगतका दुई आर्थिक वर्षमा १५१ प्रतिशतसम्म लाभांश खुवाएको हो ।

आर्थिक वर्ष २०२२–२३ मा भने कम्पनीले नाफाको ६३ प्रतिशत मात्रै लाभांश वितरण गरेको छ । कम्पनीको व्यापारमा घटबढ भएसँगै नाफासँगै कम्पनीले वितरण गर्ने लाभांशमा पनि घटबढ देखिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०२३ मा कूल ६ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ को तुलनामा घटी हो । आर्थिक वर्ष २०२२ मा कम्पनीले ७ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

एलजी ब्रान्डको आयातकर्ता तथा आधिकारिक विक्रेता सिजी इम्पेक्स सन् २००४ मा स्थापित भएको थियो । जुन हाल सीजी ब्रान्डको विद्युतीय घरायसी सामाग्री बिक्री वितरण गर्ने स्वदेशी डिलर पनि हो । सीजीआईले ब्ल्याक एण्ड डेकर, क्रोम्टन एण्ड पिजन जस्ता साना साना ब्राण्डेड घरायसी सामाग्रीहरु समेत बिक्री वितरण गर्दै आएको छ ।

सीजी इम्पेक्स नेपालका प्रतिष्ठित व्यापारिक घराना चौधरी समूहअन्तर्गतको एक स्थापित इकाई समेत हो । कम्पनीको प्रमुख सेयरधनीको रुपमा निर्वाण चौधरी रहेका छन् । जो एक्लैको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, बाँकी रहेको १५ प्रतिशत सेयर भने वरुण चौधरी रहेको छ । दुबै जना नेपालका प्रतिष्ठित उद्योगी विनोदकुमार चौधरीका छोराहरु हुन् ।

कम्पनीले हालै ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात २ अर्ब रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबीबीबीको रेटिङ्ग दिएको छ । त्यस्तै, बाँकी रहेको अल्पकालिन अवधिको कर्जालाई भने इक्राएनपी एथ्री प्लसमा अपग्रेड गरिएको र ‘इस्यूअर नट कोअपरेटिङ’को सूचीबाट हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.