बैंकको शाखा र नोटको अस्तित्व सकिँदैछ : पूर्वअर्थमन्त्री खतिवडा

  २०८० चैत १ गते १०:४५     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग र बैंकको शाखाको अस्तित्व सकिँदै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि अन्त्य भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अब जसले नोट बोक्छ उसले जोखिम पनि बोक्ने बताएका छन् । ‘अब एटीएम मेसिनको अस्तित्व सकियो, नोटको प्रयोग नै हुँदैन, नोट बोकेका छौं भने जोखिम बोकेका छौं, अहिले बैंक ब्रान्चलेस भइसके, सहकारीमा पनि अब सेवाकेन्द्र आवश्यक छ कि छैन बुझ्नुपर्छ,’ उनले भने ।

उनले सहकारीकाे कारोबार डिजिटल हुन सक्यो भने अहिलेका सबै समस्या समाधान हुने बताए । सहकारी कारोबार मात्रै नभइ सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउँदै कारोबार भौतिकरूपमा नभए पनि सदस्य भने भौतिक हुनु पर्ने धारणा उनको छ ।

‘केन्द्रिय बैंकले डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ, राष्ट्र बैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ, भुक्तानी गर्न पर्यो भने राष्ट्र बैंकको वेवसाइटमा गएर कारोबार गर्नुपर्छ, डिजिटल करेन्सीको कारोबारको लागि आफू सक्षम हुनुपर्छ, नभए हराएर जाने हो, सहकारीहरू सूचना प्रविधिमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।

यस्तै, उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनु पर्ने बताए । ‘अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नु पर्छ, कारोबार स्मार्ट हुनुपर्छ, सबैको आफ्नै मोबाइल एप हुनुपर्छ, यो काम गर्न सकेन भने सहकारीको अस्तित्व नै नामेट हुन्छ,’ उनले भने ।

यस्तै, उनले बहुउद्देश्यीय सहकारीको काम नभएको तर्क दिएका छन् । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.