कृषि विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

  २०८० फागुन ३० गते १९:५४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा १७औं वार्षिक साधारण सभा सम्पन्न भएको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

बैंकको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको पौडेलले बताए ।

यस्तै, बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

बैंकले २८२ वटा शाखामार्फत देशैभर आधुनिक बैकिङ्ग सेवा पु्रयाइरहेको छ । वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी कृषि विकास बैंकले गरेको बैंकको दाबी छ ।

साधारण सभामा संचालक समितिका सदस्य महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभा संचालन कम्पनी सचिव समते रहेका प्रवक्ता पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.