सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता

  २०८० फागुन २५ गते १०:५५     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने१ हजार ३४२ आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.