गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा

  २०८० फागुन २४ गते ११:४५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन फागुन २३ गते भएको हो ।

सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.