युवाले नै पाए युवा मन्त्रालयको जिम्मा, को हुन् विराज भक्त श्रेष्ठ ?

  २०८० फागुन २३ गते १९:५९     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको सांसद बनेको पहिलो पटक नै मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का नेता श्रेष्ठ सांसद बनेको पहिलो पटक नै युवा तथा खेलकुद मन्त्री बनेका हुन् । यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका हुन् ।

काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो पहिलो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाकारूपमा हेरेका छन् । उनी रास्वपाको संसदीय दलको उपनेता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.