भारतीय दुतावासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

  २०८० फागुन २३ गते ७:५५     विकासन्युज


काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली-अंग्रेजी-नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी माग गरेकाे हो । दूतावासले कति संख्या भन्ने खुलाएको छैन ।

अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्ने र न्यूतम योग्यता अंग्रेजी-नेपालीमा ग्र्याजुएट गरेको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्ने छ ।

दूतावासका अनुसार इच्छुक उम्मेदरवार ३५ वर्ष नकटेको हुनुपर्ने छ । आजकाे तीन साताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.