फेसबुकको सर्भर डाउन, एक्कासि प्रोफाइल लगआउट

  २०८० फागुन २२ गते २१:१५     विकासन्युज

काठमाडौं । फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन भएको छ । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम लगइन गर्दा डाउन भएको देखिएको हो । एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट भएको हाे ।

नेपाली प्रयोगकर्ताले आफ्नो फेसबुकमा आएको समस्याबारे बताइरहेका छन् । फेसबुकमा देखिएको समस्या केही समयमा समाधान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

केही प्रयोगकर्ताले सरकारले नै फेसबुक डाउन गरेको आशंका गरेका छन् । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले फेसबुकको सर्भर डाउन भएकोले यसमा सरकारलाई दोष दिन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.