ओमोडा ई५ ले ल्यायो पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग

  २०८० फागुन २२ गते १६:०८     विकासन्युज

काठमाडौं । ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ परीक्षण गरेको छ । सो गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीको भनाइ छ ।

पानी छिचोल्ने वाटर वेडिङ परिक्षणले ओमोडा ई–फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा ई–फाइभले गाडीको अगाडिको ग्रिल सम्मको पोखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडिको भागको तीन चौथाई भाग छोपेको थियो । त्यसका बावजुद ओमाडा ई फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो ।

अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरिएको हो । सो परीक्षणमा ओमोडा ई–फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो ।

तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।

ओमोडाका सवारी साधन उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षा भएको कम्पनीको भनाइ छ । ओमोडा ई फाइभको वाटर वेडिङ र अण्डरबडी स्क्रापिङमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षा प्रदान गर्ने प्रतिबद्धताले झनै मजबुत बनाएको छ ।

यसले प्रयोगकर्ताको आगामी दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योगकै मापदण्डलाई उचाइमा पु¥याएको छ ।

सुरक्षाको दृष्टिकोणबाट ओमोडा ई५ सी–एनक्याप, युरो एनक्याप, एनक्याप, ल्याटिन एनक्याप र एसियन एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

नेपालमा एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई५ गाडी बिक्री–वितरण गरिरहेको छ । यो गाडी नेपाली बजारमा पनि उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.