प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०८० फागुन २१ गते १०:५६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई  लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.