कुल ग्राहक संख्यामा इन्भेष्टमेन्ट मेगाको हिस्सा ७ प्रतिशत

  २०८० फागुन १८ गते ११:२९     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा रहेका कुल ग्राहक संख्यामध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को हिस्सा ७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको तथ्याङ्क अनुसार ४ करोड ५३ लाख ९८ हजार जना बैंकका ग्राहक संख्या छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.९४ प्रतिशत अर्थात् ३१ लाख ५० हजार ३०२ जना रहेका छन् ।

तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुबीच कुल निक्षेपको ७.१९ प्रतिशत हिस्सा र कर्जा तथा सापट अन्तर्गत कुल बजारको ७.३६ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको कुल निक्षेप ५२ खर्ब २६ अर्ब ५५ करोड रुपैयाँ र कर्जा तथा सापटी ४४ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जसमध्ये यस एनआईएमबिको ३ खर्ब ७५ अर्ब ८६ करोड रुपैयाँ र कर्जा तथा सापटी ३ खर्ब २४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

कात्तिकसम्म वाणिज्य बैंकहरूले ६४ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा एनआइएमबिको ७.७४ प्रतिशत हिस्सा अर्थात् ५ अर्ब १ करोड रुपैयाँ छ । ५ हजार ८ वटा शाखा सञ्जालमध्ये यस बैंकको ५.२१ प्रतिशत हिस्सा अर्थात् २६१ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

देशभरी वाणिज्य बैंकका ४ हजार ६६७ वटा एटीएम मेसिन सञ्चालनमा छन् । जसमध्ये यस बैंकको हिस्सा ५.५१ प्रतिशत अर्थात् २५७ वटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.