निजी क्षेत्रलाई अख्तियारले हेर्नहुँदैन : चन्द्र ढकाल

  २०८० फागुन १७ गते १२:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नहुने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको २४औं बैठकमा बोल्दै अध्यक्ष ढकालले सो बताएका हुन् ।

‘निजी क्षेत्रलाई हेर्ने २०/२२ वटा निकाय छन् उनैले हेर्नुपर्छ, अख्तियारले हुँदैन । निजी क्षेत्रले रोजगारमा ८० प्रतिशतसम्म योगदान गरेको हुनाले यसमा ब्रेक लाग्न सक्छ,’ उनले भने- ‘तर मैले निजी क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याउन हुँदैन भन्न खोजेको हैन ।’

पछिल्लो समय आन्तरिक लगानीकर्तामा नै कन्फिडेन्स छैन भने बाह्य लगानीकर्तामा पनि कन्फिडेन्स नआउने उनले बताए । राजनीतिक एजेन्डा सबैको आ-आफ्नो भएपनि आर्थिक एजेन्डा एउटै हुनुपर्ने उनको बुझाई छ ।

‘यहाँहरुले फरक राजनीतिक दलको प्रतिनिधित्व गर्नुहुन्छ तर आर्थिक मुद्दामा भने यहाँहरुको समानता हुनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’  ढकालले भने ।

त्यस्तै, पपुलर हुने नाममा अहिले सरकार अन्तर्गतका निकायहरुको गृहकार्य तीव्र भएको हो कि भन्नेमा शंका गर्दै उनले यस्तो गतिविधि देशको लागि निकै डरलाग्दो हुने बताए ।

साथै, उनले आगामी लगानी सम्मेलन अगाडि नै लगानीमैत्री वातावरण गराउने र राजस्व आन्तरिक एक्टिभिटीबाटै गर्ने हो भने कानुन करेक्सन हुनुपर्ने समेत माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.