७ महिनामा १७ लाख पोलिसी बिक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले गरे साढे २२ अर्बको व्यवसाय

  २०८० फागुन १६ गते १०:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे २२ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ लघुबीमासहित १७ वटा निर्जीवन बीमा कम्पनीले माघ मसान्तसम्म २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

साथै, यस अवधिमा १७ वटै निर्जीवन बीमा कम्पनीले १७ लाख २ हजार ९७८ वटा बीमालेख (पोलिसी)जारी गरेका छन् । माघ मसान्तसम्म सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सले गरेको तथ्याङ्कमा उल्लेख छ । ७ महिनामा कम्पनीले १ लाख ७८ हजार ९१२ वटा बीमालेख बिक्री गरेर २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले १ लाख ७२ हजार ४७४ वटा बीमालेख बिक्री गरेर २ अर्ब ६७ कारेड २१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले १ लाख ७८ हजार ९३४ वटा बीमालेख बिक्री गरि २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, आइजीआई प्रुडेन्सियलले १ लाख ४१ हजार ९२१ बीमालेखबाट १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ लाख ४५ हजार ४२९ बीमालेख जारी गरेर १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ लाख ७९ हजार २३४ बीमालेख जारी गरेर १ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ, युनाइटेड अजोडले १ लाख २३ हजार ४५४ बीमलेखबाट १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ संकलन गरेको हुन् ।

यस्तै, एनएलजीले १ लाख १६ हजार २२६ बीमालेख बिक्री गरेर १ अर्ब ४३ करोड ६० लाख रुपैयाँ, सानिमा जिआइसीले ९१ हजार ४२३ बीमालेखवापत १ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ, प्रभुले ७० हजार ६६३ बीमालेख बिक्री गरेर १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ, दि ओरिण्यटलले २४ हजार २६७ वटा बीमालेख बिक्री गरेर ९३ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले १ लाख १२ हजार ९२६ वटा बीमालेख जारी गरेर ९७ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ लाख १४ हजार ६८८ वटा बीमालेख बिक्री गरेर ८७ करोड ३७ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २० हजार ५५५ बीमालेख जारी गरेर ६९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

साथै, प्राधिकरणको तथ्याङ्क अनुसार ३ वटा निर्जीवन लघुबीमा कम्पनीले ३१ हजार ८८१ वटा बीमालेख जारी गरेर ७ करोड ५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल माइक्रोले २० हजार २९२ वटा बीमालेख बिक्री गरेर ३ करोड ६५ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ५ हजार ८७३ वटा बीमालेखवापत २ करोड ३२ लाख रुपैयाँ र स्टार माइक्रोले ५ हजार ७१६ वटा बीमालेख वापत १ करोड ७ लाख रुपैयाँ संकलन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.