हर्क साम्पाङको पहल असफल, धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको प्राधिकरणको निष्कर्ष

  २०८० फागुन १५ गते १६:१९     विकासन्युज

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन गरेको पहल असफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बनाउने विषयमा गरेको विस्तृत सम्भाव्यतामा सो क्षेत्रमा विमानस्थल बनाउने विषय अनुपयुक्त भएको निष्कर्ष निकालेसँगै मेयर साम्पाङको पहल असफल भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सो क्षेत्रमा सडकको पहुँँच भएको हुँदा हवाई यातायातको दिर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको बताएको छ । विस्तृत अध्ययन पश्चात प्राधिकरणले मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै धरानमा विमानस्थल बनाउन फिजिबल नभएको निष्कर्ष निकालेको जनाएको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरित हुने प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै प्राधिकरणले आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसनल कन्स्ट्र्यान्टले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न फिजिबल नभएको प्राधिकरणको निष्कर्ष रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.