साविक ज्योति लाइफको लक इन पिरियड सकिँदै, कारोबारमा आउँदै साढे एक करोड कित्ता सेयर

  २०८० फागुन १४ गते १२:३८     विकासन्युज

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड चैत २० गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको इन्स्योरेन्सले जनाएको छ ।

संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको र कर्मचारीहरुलाई सुरक्षित गरिएको गरि कूल सो मात्राको सेयरको लक इन अवधि समाप्त भई कारोबारमा आउन लागेका हुन् । जसमध्ये संस्थापक समूहको एक करोड एक लाख ७५ हजार, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख ९९ हजार कित्ता सेयर रहेका छन् । उक्त सेयर साविक सूर्या लाइफसँग मर्जर भएपश्चातको कायम हो ।

साविकको ज्योति लाइफ इन्स्यारेन्स साविक सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट २०७९ पुस ७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.