टोटल इनर्जीको रिटेलर मिट सम्पन्न

  २०८० फागुन १४ गते १०:४१     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जिजको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ ।

फागुन ११ गते टोटल इनर्जिजको रिटेलर मिट सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौंका १५० जनाभन्दा बढि रिटेलरहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्क शप ब्यवसायी संघका बेन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्क शप ब्यवसायी सँघका सह–कोषाध्यक्ष श्री प्रसाद ग्रुङ्ग, टोटल इनर्जिज इण्डियाका एक्सपोर्ट एक्सपर्ट पुरुषोतम नएमएस र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागीता रहेको थियो ।

कार्यक्रममा टोटल इनर्जिज इण्डियाका पुरुषोतम नएमएसले टोटल इनर्जिजमा उपलब्ध प्रडक्ट रेञ्ज र यसका विशेषताको बारेमा सहभागी रिटलर्सहरुलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.