कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी

  २०८० फागुन ११ गते ११:५५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ११२ जना कर्मचारीको माग गरेको छ । शुक्रबार बैंकले एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारीको माग गरेको छ ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो ।

त्यस्तै, १६ जना व्यवसाय सहायक, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ ।

उक्त पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले शुक्रबारदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.