वीरगन्जमा लगाइएको कर्फ्यू बिहान १० बजेसम्मका लागि हटाइयो

  २०८० फागुन ८ गते ८:१९     विकासन्युज

वीरगन्ज । सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाइएको छ ।

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएकाले निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि वीरगन्जका केही भागमा कर्फ्यू लगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ ।

प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.