संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु, डेढ करोड बढी घर उज्यालो हुने

  २०८० फागुन ३ गते ८:५२     विकासन्युज

काठमाडौं । भारतस्थित संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु भएको छ ।

देशको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले गुजरातको खावडामा रहेको ५ सय ५१ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याएको छ । यसबाट राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गरिने छ ।

यो प्लान्टबाट १ करोड ६० लाखभन्दा बढी घर उज्यालो पार्न सकिने कम्पनीको दाबी छ । साथै, वार्षिक १ं करोड ६० लाख टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । यो प्लान्टबाट ८१ अर्ब युनिट बिजुली उत्पादन गर्न सकिन्छ ।

अडानी ग्रीन इनर्जीका अनुसार यो प्लान्टको काम एक वर्षमा सम्पन्न भएको हो । कच्छको रणमा अवस्थित यस विशाल प्लान्टको तयारीका लागि सडकलगायत आवश्यक सबै सुविधा विकास गरिएको छ ।

कम्पनीको यो प्लान्टमा करिब ८ हजार कर्मचारी कार्यरत छन् । यो प्लान्टले करिब १५ हजार रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ ।

यसबाट उत्पन्न हुने कार्बन उत्सर्जन लगभग १ करोड २६ लाख युनिट कार सडकबाट हटाए बराबर हुनेछ । यो प्लान्टलाई ३० गिगावाट क्षमतामा पुर्याउने कम्पनीको योजना छ ।

यसका लागि ५ वर्षको लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा भएसँगै खावडा प्लान्ट विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्लान्ट बन्ने छ ।

अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले अडानी ग्रीन इनर्जीले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा इकोसिस्टम सिर्जना गरिरहेको र  खावडा आयोजना त्यसकै प्रयासको हिस्सा भएकाे बताए ।

भारतले सन् २०३० सम्ममा ५ सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न अडानी समूहले पूर्ण सहयोग गर्नेछ ।

अडानी ग्रीन इनर्जीसँग हाल ९ हजार २९ मेगावाट क्षमतामा सञ्चालित प्लान्टहरू छन्, जुन १२ राज्यमा फैलिएका छन् । कम्पनीको कुल उत्पादन क्षमता २० हजार ८ सय ४४ मेगावाट छ ।

कच्छको रणले नवीकरणीय ऊर्जाको लागि उत्तम वातावरण प्रदान गर्दछ । यहाँ वायु र सौर्य ऊर्जा सजिलै उत्पादन गर्न सकिन्छ । अडानी ग्रीन इनर्जीले यस प्लान्टको लागि व्यापक अनुसन्धान गरेको छ ।

कम्पनीले ग्रीड जडान भएको सौर्य, हावा र हाइब्रिड नवीकरणीय ऊर्जा केन्द्रहरू सञ्चालन गर्दछ । यसले हालै राजस्थानको जैसलमेरमा २ हजार १ सय ४० मेगावाटको विन्ड सोलार हाइब्रिड प्लान्ट निर्माण गरेको थियो ।

कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ४५ गिगावाट पुर्याउने लक्ष्य राखेको छ । एजेन्सी

One comment on "संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु, डेढ करोड बढी घर उज्यालो हुने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.