नेपालमा पुनः चल्न थाल्यो टिकटक

  २०८० फागुन १ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपालमा टिकटक पुनः चल्न थालेको छ । यसअघि सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि अहिले पुनः चल्न थालेको हो । अहिले अधिकांशको मोबाइलमा टिकटक चलिरहेको छ । सरकारले प्रतिबन्ध लगाएपछि केही समय अधिकांश मानिसले भीपीएनबाट टिकटक एप चलाए पनि अहिले भीपीएनको सहायताबिना टिकटक चलिरहेको हो ।

डिजिटल प्ल्याटफर्म टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेपछि त्यसबारे सरकार सकारात्मक हुँदै टिकटक नै सञ्चालन गर्ने मुडमा पुगेको हो । सरकारले औपचारिकरूपमा टिकटक पुनः चलाउन सकिने घोषणा भने गरेको छैन ।

टिकटकको सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने दक्षिण एशिया प्रमुख फिरदौस मोत्तकिनले पठाएको पत्र यसै साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको छ । अब केही दिनमै सरकारले यस विषयमा विज्ञप्ति जारी गरर टिकटक चलाउन पाइने व्यवस्था गर्ने तयारी भइरहेको बुझिएको छ ।

गत नोभेम्बर महिनामा सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटड्यान्सको स्वामित्वमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.