सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ११७ प्रतिशत बढ्यो

  २०८० माघ २९ गते ६:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ११७ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६४ प्रतिशत बढेर ७९ करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ४६ करोड ६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले पुनर्बीमा मार्फत ७१ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९६ लाख रुपैयाँ पुनर्बीमा कमिसनमा खर्च गरेको थियो । कम्पनीले १ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ करोड ३७ लाख रुपैयाँ खर्च गरेको तियोख।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ, सेयर प्रिमियम ४ लाख ७५ हजार रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.