फेसबुकको सेयर मूल्यमा उछाल, एकैदिन झन्डै २ खर्ब डलरले बढ्यो

  २०८० माघ २१ गते १३:०९     विकासन्युज

एजेन्सी। शुक्रबार फेसबुकको मुख्य कम्पनी मेटाको सेयर बजार मूल्यमा उछाल आएकाे छ । शुक्रबार एकैदिन मेटाको सेयर बजार मूल्यमा १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको हाे । यो सेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ ।

यो अमेरिकी सेयर बजारको इतिहासमा कुनै पनि कम्पनीले गरेको सबैभन्दा ठूलो एकदिवसीय नाफा हो ।

योसँगै मेटा विश्वकै सातौं मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् ।

शुक्रबार कारोबारका क्रममा प्रतिसेयर ४८५ डलरसम्म पुगेको मेटाको सेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड–१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको सेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

आइतबारमात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्सलगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ ।

वर्ष २०२२ मा झन्डै ६५ प्रतिशतले बजार मूल्यको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.