बढ्दो बजारमा तीन कम्पनीमा सर्किट, हिमालयन पछि नेपाल रिको सर्वाधिक कारोबार

  २०८० माघ १६ गते १५:२१     विकासन्युज

काठमाडौं । विगत केहि दिनयता सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । बजारमा नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले बढी हो ।

बजारमा परिसूचसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबारको तुलनामा मंगलबार एकैदिन एक अर्ब बढीको कारोबार भएको छ । सोमबार साढे ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार बढेर ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा हिमालय रि इन्स्योरेन्स कायमै छ । इन्स्योरेन्सको एकैदिन ७५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ७०९.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, पुनर्बीमा कम्पनी नेपाल रिको पनि २० करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै कम्पनी सर्वाधिक कारोबार गर्नेको तेश्रो सूचीमा छ । नेपाल रिको पनि सेयर मूल्य बढेर प्रतिकित्ता ८२६ रुपैयाँ पुगेको छ ।

सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा भने न्यादी ग्रुप पावर रहेको छ । जसको २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रवा इनर्जी डेभलपमेन्ट रहेका छन् । यी तीन वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बढेको बजारमा पनि बैंकिङ, फाइनान्स, निर्जीवन बीमा र लघुवित्त समूह ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.