इभी व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने

  २०८० माघ १४ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (इभी) व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने भएको छ । आइतबार नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाइ अघि बढ्ने विषयमा छलफल भएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यताको विषयमा पनि छलफल भएको थियो । विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो ।

उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.