डियरहोल्ड नेपालमा एमच्यामको ‘इन्फर्मेटिभ लर्निङ’

  २०८० माघ १२ गते १८:३२     विकासन्युज

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा ‘इन्फर्मेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए । कम्पनीका संस्थापक पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए ।

सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा बिजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए । आफ्ना सदस्यहरूमा सिकाई श्रृङ्खला अन्तर्गत एमच्यामले अन्तर्क्रियासँगै काठमाडौंको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो ।

कार्यक्रमले सदस्यहरूबीच मित्रता बढाउने र एक अर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए । कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए ।

कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिकरवाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए ।

एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यवसायिक संस्था आवद्ध भैसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ ।

यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि भएको एमच्याम नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.