सिटिजन लाइफको नाफा १२.३६ करोड, जीवन बीमा कोष १२ अर्ब पुग्यो

  २०८० माघ १२ गते ९:१९     विकासन्युज

काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढाएर १२ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क २.७० प्रतिशत बढेर २ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४.२३ प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती कोष १४ करोड ९६ लाख रुपैयाँ, जगेडा कोष ६८ करोड ९५ लाख रुपैयाँ र जीवन बीमा कोष १२ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

६ महिनामा कम्पनीले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ कमिशन प्रदान गरेको छ । पुस मसान्तसम् कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.