सेबोनका डा. अधिकारीले पाए निमित्त अध्यक्षको जिम्मेवारी

  २०८० माघ ७ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले अधिकारीलाई बरिष्ठ कर्मचारीको हैसियतमा निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

त्यस्तै, सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि हमाललाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

साथै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.