मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना

  २०८० माघ ७ गते १६:०४     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो ।

उनले माघ ५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.