ओमोडाले एक वर्षमा बिक्री गर्यो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन

  २०८० माघ २ गते १६:५६     विकासन्युज

काठमाडौं । ओमोडाले २०२३ मा बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । जसमा गत अप्रिलमा लन्च भएको ओमोडा ई५ को उल्लेखनीय योगदान रहेको बताइएको छ।

ओमोडाले वर्षभरमा १ लाख ४७ हजार भन्दा बढी सवारी साधनहरूको बिक्री गरेर अटो बजारमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले बताएको छ । यसैगरी वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३,६७७ इकाइमा पुगेको जनाइएको छ ।

२०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन लागिपरिरहेको छ। साथै, नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च(गुणस्तर विकासमा थप योगदान दिने प्रयास जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.