ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइटेल नियुक्त

  २०८० माघ २ गते १३:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार सेवामा सीईओमा नियुक्त भएका हुन् ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए ।

भारतको पुनेबाट एमबीए गरेका लुइटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइटेलले नेपालका पुँजी बजारको बारेमा विशेष दखल राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.