४६ प्रतिशतले घट्यो जगदम्बा सिमेन्टको आम्दानी

  २०८० पुष १३ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्ट इन्डष्ट्रीको आम्दानी ४६.०४ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सो मात्राले घटेको हो ।

आर्थिक वर्ष २०२२ मा २ अर्ब ६८ करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०१९ मा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ थियो ।

त्यस्तै, आर्थिक वर्ष २०२३ मा कम्पनीको कूल ऋण तीन गुणा छ । २०२२ मा यस्तो ऋण २.२ गुणा थियो ।

समीक्षा अवधिमा कम्पनीको नेट वर्किङ्ग क्यापिटल बढेर ५० प्रतिशत पुगेको छ । जुन २०२२ मा ३३ प्रतिशत थियो ।

२००१ मा भैरहवामा स्थापना भएको कम्पनील हाल सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गर्दै आएको कम्पनीले दैनिक एक हजार टन गान्डिङ्ग सिमेन्ट उत्पादन गर्छ । शंकर ग्रुप र शौरभ ग्रुपको संयुक्त लगानी रहेको यस कम्पनीमा हाल ७ जनाको स्वामित्व छ ।

कम्पनीले एक अर्ब २३ करोड ८० लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले ७६ करोड ९० लाख रुपैयाँ बराबरको कर्जाको लागि एलबीबी प्लस र बाँकी ४६ करोड ९० लाख रुपैयाँ कर्जाको लागि एफोर रेटिङ्ग पुनः पुष्टि गरिदिएको छ । यसअघि कम्पनीले एक अर्ब ४५ करोड ३० लाख रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको इक्रा नेपालले जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.