झन्झटमुक्त बनाउने ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’

  २०८० पुष २ गते १७:५४     विकासन्युज

काठमाडौं । यदि तपाईं भिजा कार्ड प्रयोग गर्नुहुन्छ ? कार्ड प्रयोग गरेर कारोबार गर्नुहुन्छ ? र, कहिलेकाहीँ कार्ड घरमै छुटेर वा हराएर कारोबार गर्नबाट वञ्चित हुनुभएको छ ? अब झन्झटमुक्त हुनुस्, ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टू पे’ ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले भिजा कार्डबिना नै स्क्यान गरी कारोबार गर्न सकिने सुविधासहितको प्रडक्ट ल्याएको हो । बैंकले ग्लोबल स्मार्ट प्लस मोबाइल एपबाटै भिजा कार्डको प्रयोग गरी कारोबार गर्ने प्रणालीको सुरुवात गरेको हो ।

संसारका अन्य देशहरूमा विगत ४/५ वर्षदेखि भिजा स्क्यान टू पे प्रडक्टको प्रयोग हुँदै आएको छ । ग्लोबल आइएमई बैंकले पनि त्यहि बेला नै नेपालमा पनि प्रयोगमा ल्याउने अभ्यास गरेको थियो । तर, विभिन्न कारणले साढे २ वर्षपछि उक्त प्रडक्ट लञ्च गर्याे ।

ठूलो मेहेनत र प्रयासपछि नेपाली बैंकिङमा पहिलोपटक भिजा स्क्यान टू पे प्रडक्ट ल्याएको ट्रान्जिक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल बताउँछन् । अब मोबाइल एपमा फिजिकल भिजा कार्ड अपडेट हुने र सोही भिजा कार्डको माध्यमबाट कारोबार गर्न सकिने उनको भनाइ छ । अब फिजिकल कार्ड बोक्नु पर्ने झण्झट र कार्ड बिना नै स्क्यान गरेर भुक्तानी गर्न मिल्ने उनले बताए ।

‘विगत साढे दुई बर्षदेखिको अथक मेहनत पछि नेपाली बैंकिङमा पहिलोपटक यो प्रडक्ट ल्यायौं, अब प्लास्टिकको भिजा कार्डलाई भर्चुअलको माध्यमबाट कारोबार गर्न सकिन्छ, सधैं कार्ड बोक्नु पर्ने झन्झट हट्यो,’ उनले भने ।

भिजा स्क्यान टू पे प्रडक्टले बैंकको कारोबारलाई मात्रै नभई देशको भुक्तानी प्रणालीमा समेत टेवा पुर्याउनेछ । फिजिकल कार्ड स्वाइप र चलाउनु पर्ने बाध्यताको अन्त्य हुँदा कारोबार समेत पारदर्शी हुने पौडेलले बताए । पछिल्लो समय क्यूआरको माध्यमबाट कारोबार गर्नेको संख्या उच्च छ । सोही मासलाई मध्येनजर गर्दै ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डलाई भर्चुअल बनाएको उनको भनाइ छ ।

‘यदि भिजा कार्ड घरमै छुट्यो, बिर्सियो, हरायो भने चिन्ता लिनु पर्दैन किनकी उक्त भिर्जा कार्ड बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल एपमा अपडेट हुन्छ, कार्ड घरमै बिर्सेर वा हराए पनि मोबाइल एपबाटै भिजा कार्ड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।

साथै, फिजिकल कार्ड हुँदा चोरी हुने वा स्क्यामिङ हुने सम्भावना बढी छ । तर, डिजिटलमा फड्को मारेसँगै कार्ड कपी, चोरी, स्क्यामिङबाट पनि मुक्त हुने उनले बताए । साथै, सबै ठगीलाई कम गर्न बैंकले आफ्नो प्रणालीलाई निगरानीमा राखेको उनको भनाइ छ ।

बैंकको भिजा कार्ड प्रयोग गरिरहेका ग्राहकहरूको मोबाइल एपमा उक्त कार्ड अटोमेटि अपडेट हुने उनले बताए । बैंकमा गएर अपडेट गराउनु पर्ने बाध्यता पनि नरहेको उनको भनाइ छ ।

‘भिजा कार्ड प्रयोग गरिराख्नु भएका ग्राहकहरूको मोबाइल एपमा अटोमेटिक अपडेट हुन्छ, यसलाई सूचारु गर्न बैंकमा आउनु पर्दैन, आजदेखि नै उहाँहरूको एपमा अपडेट भइसकेको छ,’ उनले भने ।

हाल यस प्रडक्टलाई स्वदेशमा मात्रै कार्यान्वयनमा ल्याएको भएपनि आगामी दिनमा विदेशमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क कम्पनी भिजासँग सहकार्य गरेको हुँदा छिट्टै क्रस ब्रोर्डर गर्ने उनको भनाइ छ ।

डिजिटल बैंकिङमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना सबै सेवालाई डिजिटल बनाइरहेको छ । यसअघि पनि थुप्रै डिजिटल प्रडक्ट ल्याइसकेको बैंकले ‘इनोभेसन’मा सधैं मेहेनत गर्ने उनको भनाइ छ । भिजा स्क्यान टू पेमा ग्लोबल आएमईले लिड गरेको भएपनि आगामी दिनमा अन्य बैंकहरूले ल्याउन सक्नेछन् ।

‘सामाजिक सञ्जालबाटै बैंकिङ गर्न, स्मार्ट फोन नहुँदा पनि डिजिटल बैंकिङ अभ्यास गर्न सुरु गर्याैं, मिस्डकल बैंकिङ कारोबार गर्न सिकायौं, कर्जा लिन बैंकमा नआउनु पर्ने गरी सेवा दियौं, डेबिट कार्डमा फोटो राखेर सेवा दियौं,’ उनले भने, ‘संसारमा भुक्तानी प्रणालीमा नयाँ–नयाँ प्रडक्ट आउँदा नगदरहित समाजको परिकल्पनालाई यस प्रडक्टले पनि टेवा पुर्याउने छ ।’

साथै, बैंकले ‘इनोभेसन’मा अग्रणी भूमिका खेलेको हुँदा आगामी दिनमा ग्राहकमैत्री सेवा बनाउन भुक्तानी र डिजिटलमा समय सापेक्षा सेवा विस्तार गर्ने उनको भनाइ छ ।

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ स् कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.