इटहरी इन्टरनेसनल कलेजकाे दीक्षान्त समारोह सम्पन्न

  २०८० पुष १ गते १०:१५     विकासन्युज

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२३मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २०० जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो ।

समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह पूरा गर्ने ४८ जना र बिएससी (अनर्स) कम्प्युटिब तह पूरा गर्ने १५२ जना विद्यार्थी गरी जम्मा २०० विद्यार्थी दीक्षित भएका थिए ।

वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए ।

वार्षिक दीक्षान्त समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो ।

आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे ।

डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.