दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीको लाइसेन्स खारेज

  २०८० मंसिर २८ गते ७:३५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । बिहीबार एक सूचना प्रकाशन गरी इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको जनाएको छ ।

यी ३ वटै सेवा प्रदायकहरूले तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । साथै, ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

यदि सो अवधिमा तिर्न नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.