वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापालाई

  २०८० मंसिर १७ गते १६:५८     विकासन्युज

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवण कुमार थापालाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् ।

यसअघि उक्त पदमा डा सन्तोष पौडेल थिए । उनी पार्टीमा संलग्न भएको जानकारी पाएपछि निर्वाचन आयोगले तत्कालिन निर्देशक डा. पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.