को हुन् पाकिस्तानका ती अर्बपति व्यापारी ? जसको जालमा इमरान खान फसे

  २०८० मंसिर १३ गते १०:२१     विकासन्युज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको खराब दिनको अन्त्य हुने छाँट देखिएको छैन ।

विशेष अदालतले गोप्य कागजात चुहावट प्रकरणमा इमरानविरुद्धको मुद्दा जेलमै चल्ने बताएको छ । अर्कातर्फ, नेसनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीले अदियाला जेलमा इमरान खानलाई भेटेको थियो ।

यस क्रममा उनीमाथि अल-कादिर ट्रस्ट मुद्दामा लागेको आरोपबारे सोधपुछ गरिएको थियो । इमरान खान र उनकी श्रीमतीमाथि ५० अर्ब पाकिस्तानी रुपैयाँ (पीकेआर) वैध बनाउन बहरिया टाउन लिमिटेडबाट अर्बौं रुपैयाँ र सयौं बिघा जमिन अपचलन गरेको आरोप छ ।

यो सम्पूर्ण मामला अल कादिर विश्वविद्यालय निर्माणका लागि अवैधानिकरूपमा जग्गा अधिग्रहणसँग सम्बन्धित छ । यसमा बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) मार्फत् घरजग्गा व्यवसायी रियाज मलिकविरुद्धको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दामा अवैधरूपमा कमाएको १४ करोड अमेरिकी डलरडलरको रिकभरी समावेश छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि मेलमिलाप सम्झौतासँग सम्बन्धित जानकारी लुकाएर मन्त्रिपरिषदलाई भ्रमित गरेको आरोप लागेको छ ।

सम्झौताअनुसार प्राप्त रकम राष्ट्रिय कोषमा जम्मा गर्नुपर्ने थियो । बेलायतको नेशनल क्राइम एजेन्सीले पाकिस्तानी व्यापारी रियाज मलिकबाट रकम बरामद गरेपछि उनलाई पाकिस्तान पठाएको थियो ।

५७ बिघा जग्गा उपहारमा दिइयो

त्यतिबेला खान प्रधानमन्त्री थिए र उनले यो रकम राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा व्यापारीलाई सर्वोच्च अदालतले लगाएको ४ खर्ब ५० अर्ब रूपैयाँ जरिवानाको आंशिक भुक्तानीमा प्रयोग गर्न दिए ।

व्यापारी रियाज मलिकले पञ्जाबको झेलममा अल-कादिर विश्वविद्यालय स्थापना गर्न खान र उनकी पत्नी बुशरा बीबीले बनाएको ट्रस्टलाई ५७ एकड जमिन उपहार दिएका थिए। खानकी पत्नी बुशरा बीबी पनि मुद्दामा अभियुक्त छिन् ।

एनएबीले बुशरा बीबीलाई पठाएको यसअघिको नोटिसमा भनिएको छ, ‘यस अवैध र बेइमान पक्षको बदलामा ‘बाहरिया टाउन लिमिटेड’ले अल-कादिर युनिभर्सिटी ट्रस्टलाई पैसा हस्तान्तरण गरेको छ, जसको तपाईं (बुशरा बीबी) ट्रस्टीमध्ये एक हुनुहुन्छ । चन्दा, ४ सय ५८ कनल जग्गा, २८.५ करोड, भवन र अन्य प्रकारका सामग्री तथा आर्थिक लाभ प्रदान गरिएको थियो । तपाईंले बहरिया टाउनसँग चन्दाको स्वीकृतिमा हस्ताक्षर गर्नुभयो।’

को हुन् मलिक रियाज ?

मलिक रियाजले अल-कादिर ट्रस्ट घोटालामा पक्राउ परेका इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।

उनले आफू प्रधानमन्त्री हुँदा इमरानले करोडौंको जमिन हडपाएको आरोप लगाएका थिए । ७० वर्षीय रियाज मलिक रियल इस्टेट कम्पनी ‘बबहरिया टाउन लिमिटेड’का संस्थापक तथा अध्यक्ष हुन् ।

यो कम्पनीको व्यापार पाकिस्तानभरि फैलिएको छ । कम्पनीको व्यापार पाकिस्ताना सबै प्रमुख सहर, कराँची, लाहोर, रावलपन्डी र इस्लामावादमा फैलिएको छ ।

मिडिया रिपोर्टका अनुसार रियाजसँग करिब १ खर्ब २५ अर्ब रुपैयाँ ९भारु० बराबर सम्पत्ति छ। घरजग्गाबाहेक उनको शिक्षा, आतिथ्य र स्वास्थ्य ढसेवाको व्यवसाय छ । उनले सन् १९८० को दशकमा ठेकेदारका रूपमा काम गर्न थालेका थिए ।

सन् १९९५ मा उनको निर्माण कम्पनी हुसेन ग्लोबलले पाकिस्तानी नौसेनासँग सम्झौता गरेको थियो । पाकिस्तानको राजनीतिक वृत्तमा पनि रियाजको राम्रो प्रभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.