नेको इन्स्योरेन्सले ८ वटा सवारी बेच्दै

  २०८० मंसिर १० गते ८:०२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ ।

कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.