बिजनेस बद्लियो, करको संरचना फेर्नुपर्छ – अर्थमन्त्री महत

  २०८० मंसिर ७ गते १०:५०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समयमा व्यवसायको मोडेल बद्लिएको र सोही अनुसार करको संरचना पनि बदल्नुपर्ने बताएका छन् । आन्तररिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा बोल्दै अर्थमन्त्री महतले इभी, अनलाईन मार्केट, डिजिटल कारोबार र डिपार्टमेन्टल स्टोरहरुको विकास हुँदै गएकाले करको संचनामा पनि फेरवदल गर्न आवश्यक रहेको बताएका हुन् ।

‘अहिले राजस्वको संरचना बद्लिदै छ, अहिले २/३ ईभी आएको छ, डिजिटल कारोबार बढेको छ, डिपार्टमेन्ट स्टोर आए, अनलाइन बिजनेस भैरहेको छ । स्यानो स्यानी स्टोर च्यालेन्जमा छ, त्यसकारण बिजनेसको स्ट्रक्चर चेन्ज भएपछी ट्याक्सको स्ट्रक्चर चेन्ज गर्नुपर्छ’, अर्थमन्त्री महतले भने ।

उनले भन्सारको आम्दानी बढेको तर, आम्नदानीका अन्य क्षेत्रमा जान आवश्यक भएको भन्दै राजस्व विभागका कर्मचारीलाई औंल्याएका छन् । ‘अहिले कस्टमको बिजनेस बढेको छ, अब फराकिलोतर्फ जानुस, सँधै एकैठाउँमा कोतरेर बसेर हुन्छ’, उनले भने, ‘अब परिणामको आधारमा तीन-तीन महिनामा हामी रिभ्यु गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.