सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बने विजय शाह, आफ्नै रेकर्ड ब्रेक

  २०८० मंसिर ७ गते ९:४५     विकासन्युज

काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । सरकारले उनलाई व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनलाई सम्मान गरेका हुन् ।

हिमालयन डिस्टिलरीका अध्यक्ष शाहले सबैभन्दा बढी आयकर तिरेका हुन् । उनले जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायत कम्पनी सञ्चालन गरिरहेका छन् ।

सरकारले बिहीबार १६ विधामा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । उनी पछिल्लो वर्षहरूमा उत्कृष्ट करदाता बनिरहेका छन् । उनको रेकर्ड अन्य करदाताहरूले ब्रेक गर्न सकिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.