सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, बैंकिङमा ग्लोबल आइएमई र बीमामा एलआईसी नेपाल

  २०८० मंसिर ७ गते ९:३१     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो ।

गत वर्ष सबैभन्दा बढी आय कर तिर्नेमा व्यक्तिगततर्फ विजयकुमार शाह रहेका छन् । यस्तै, सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्नेमा सुर्य नेपाल रहेको छ ।

यस्तै, आयकर दाखिलामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेको छ । गत आर्थिक वर्षको आय विवरण अनुसार टेलिकमले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल र विशेष उद्योगमध्ये एशियन पेन्ट्सलाई सम्मान गरेको हो ।

गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् ।

यस्तै, कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये ओ.सि.बी फुड्स एन्ड फिड्सलाई सम्मान गरेको हो । स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनमा मनकामना दर्शन र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् ।

मध्यमस्तरका करदाताअन्तर्गत नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर र रेमिट्यान्समा आईएमई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.