भारतमा यसपालि ३८ लाख बिहे, ४७ खर्ब ४० अर्बको व्यापार हुने

  २०८० मंसिर ६ गते १८:२३     विकासन्युज

एजेन्सी । भारतमा नोभेम्बर २३ अर्थात् भोलिदेखि विवाहको सिजन सुरु हुँदैछ । गत वर्ष विवाहको सिजनमा करिब ३२ लाख विवाह भएका थिए जसका कारण देशभर ३७ खर्ब ५० अर्ब रुपैयाँबराबर व्यापार भएको थियो ।

कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट) का महासचिव प्रवीण खण्डेलवालले अघिल्लोपटकको तुलनामा यस वर्ष विवाहकाे सिजनमा करिब १० खर्ब रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएकाे बताएका छन् ।

उनले भने, ‘हामीले देशका ३० सहरमा व्यापारिक संस्थाबाट सर्वेक्षण गरी तथ्यांक संकलन गरेका छौं ।’

महासंघका अनुसार यस वर्ष विवाह सिजनमा करिब ३८ लाख विवाह कार्यक्रम हुनेछन् । यस अवधिमा करिब ४७ खर्ब ४० अर्बबराबर व्यापार हुने अनुमान गरिएको छ । अधिकांश कारोबार गरगहना, खाद्यवस्तु, खानपान, बैंक्वेट हल, इलेक्ट्रोनिक सामान तथा अन्य उपहार सामग्री खरिदबाट हुने अपेक्षा गरिएको छ ।

यसअघि कोरोना संकटपछि विवाह सिजनमा पहिलोपटक ३७ खर्ब ५० अर्बको व्यापार रेकर्ड गरिएको थियो । कोरोनाका कारण धेरै विवाह स्थगित भएका थिए । सरकारले मानिसहरू भेला हुन पनि प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा व्यवसायीले ठूलो घाटा बेहोर्नुपरेको थियो । तर, यो वर्ष विवाह सिजन व्यवसायीका लागि राम्रो हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.