सरकारले जनताको अभिव्यक्त गर्ने माध्यम टिकटकलाई खोसेको छ : अध्यक्ष अर्याल

  २०८० मंसिर ४ गते १२:५३     विकासन्युज

काठमाडौं । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताएका छन् ।

सोमबार उनले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने बताए । सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पारे ।

टिकटक प्रतिबन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिवन्ध लगाएको बुझ्न सकिने उनको भनाइ थियो । अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताए । उनले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताए ।

‘टिकटक बन्द गर्नुमा सरकार भन्दा पनि मिलेमतो भएको जस्तो लाग्छ । जसरी भित्र, बाहिरका कुरा आएका छन् । टिकटकको प्रतिबन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो । कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन् । अमेरिका जस्ता देशहरुले के गरे भन्दा यसमा सुरक्षाको प्रश्न उठाए । सरकारले प्रतिवन्ध गरेको निर्णयमा भनिएको के छ भने समाज, चरित्र के भनिएको छ । यसरी स्थायी रुपमा प्रतिवन्ध भनेर गर्न मिल्दैन । यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन । सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ । यो प्रतिबन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्छ होला’, उनले भने ।

उनले टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने जनकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.