सांग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिक साधारणसभा आह्वान, लाभांश पारित गर्ने

  २०८० मंसिर ३ गते ८:२६     विकासन्युज

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.