चाडपर्व मनाएसँगै काठमाडौं फर्किनेको भीड

  २०८० मंसिर १ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् । सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन् ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् । काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.