राष्ट्र बैंकले भन्यो : भाइटिकामा दक्षिणा दिँदा डिजिटल कारोबार गर्नु, बचत गर्ने बानी बस्छ

  २०८० कार्तिक २८ गते १२:४८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले भाइटिकामा बहिनीलाई दक्षिणा दिँदा बैंक खातामा पैसा पठाउन अनुरोध गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भाइटिकामा दक्षिणा बैंक खातामै पठाएर नगद कारोबार नगर्न अनुरोध गरेको हो ।

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं,’ राष्ट्र बैंकले भनेको छ ।

यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने राष्ट्र बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.