एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा

  २०८० कार्तिक २७ गते ११:५६     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाबाट एक जना ऋणीले ५२ लाख रुपैयाँभन्दा बढी रकम कर्जा लिएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदन अनुसार एक जना ऋणीले १७ वटा लघुवित्तबाट ५२ लाख १७ हजार रुपैयाँ कर्जा लिएको देखिएको हो ।

लघुवित्त संस्थाका कुल ऋणीमध्ये ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट र बाँकी १८.२ प्रतिशत अर्थात् ४ लाख १८ हजार ७२२ जनाले दुई वा सो भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएको प्रतिवेदनले देखाएको छ ।

यी बहु संस्थाबाट कर्जा लिएका ऋणीले १ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन् । यसप्रकार बहु संस्थामा संलग्न ऋणीको संख्या प्रतिशतमा कम भएतापनि लघुवित्त वित्तीय संस्थाको कुल कर्जामा ठूलो हिस्सा रहेकाले बहुबैंकिङ्गको समस्या गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेको छ भने एक ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८३४ रुपैयाँ कर्जा प्रवाह भएको छ, कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन्,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.