वातावरणीय स्वास्थ्य प्रक्षेपण : वातावरणीय प्रदुषणका कारण छोरीहरु चाँडै जवानी हुँदै

  २०८० कार्तिक १० गते १०:१२     विकासन्युज

एआईबाट निर्माण गरिएको कृत्रिम तस्बिर ।

काठमाडौं । जुन बालिकामा छिटो रजस्वला देखिएको छ ती बालिकामा स्वास्थ्यमा समस्याहरु देखिने गरेको अध्ययनले देखाएको छ । जसका कारण ती बालिकामा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ ।

पछिल्लो समयमा बालिकाहरुमा शारीरिक अवस्था परिपक्क नहुँदै जवान हुँदै गएको लक्षण देखा पर्न थालेको छ, जुन निकै चिन्ताजनक विषय हो । एमोरी र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको अध्ययनले यो विषयलाई अगाडि ल्याएको हो ।

१० देखि १७ वर्ष उमेरका ५२०० बालिकाहरुबाट प्राप्त जानकारीका आधारमा गरिएको अध्ययनले वायु प्रदुषणको मात्रा उच्च रहेको क्षेत्रका बालिकाहरु कम उमेरमा नै रजस्वला हुने गरेको देखिएको छ ।

प्रतिष्ठित जर्नल ‘इन्भारमेन्टल हेल्थ प्रस्पेक्टिभ’मा प्रकाशित अध्ययन अनुसार बालिकाहरुले १२ वर्ष ३ महिनाको उमेरमा रजस्वला भएको अनुभव गरेका थिए । जुन बालिकाहरु जन्मनु अगाडि वा बाल्यअवस्थामा चार माइक्रोग्राम प्रति घनमिटर भन्दा अतिरिक्त बढी २.५ कणको सम्पर्कमा रहे उनीहरुमा समयभन्दा अगाडि नै रजस्वला हुने गरेको अनुसन्धानले देखाएको छ ।

अध्ययनको क्रममा ती बालिकाहरु ४.८ देखि ३२.२ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को सम्पर्कमा रहेका थिए । त्यसैगरी पिएम १० को औसत स्तर २१.९ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो ।

उमेरको वृद्धि सँगै थप स्वास्थ्य समस्या देखिन सक्ने

अध्ययनले यो पनि देखाएको छ की चाँडो रजस्वला हुने बालिकाहरुमा उमेरको वृद्धिसँगै स्वास्थ्य सम्बन्धी थप समस्याहरु देखिने सम्भावना बढी हुन्छ । भविष्यमा ती बालिकाहरुमा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ ।

पेट्रोल, ग्यास, डिजेल इन्धन, र काठजस्ता वस्तुहरुको प्रयोग गर्दा निस्कने कणयुक्त पदार्थ सहितको वायु प्रदुषणलाई कम गर्ने नीति निर्माण गरेर बालिकाहरुको प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्न सकिन्छ । बालिकाहरु शारीरिक रुपमा परिपक्क नहुँदै किन रजस्वला हुन्छन् भन्ने विषयमा अध्ययन गर्न आवश्यक भएको भन्दै मेडिकल एक्सप्रेसले त्यसको लागि थप अध्ययनको आवश्यक भएको उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.